दार्चुला । भारतीय चलचित्र जगतका दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको आज बिहान ७० वर्षको उमेरमा निधन भएको छ ।
एक महिनाको उपचारपछि गएको सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति उहाँलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्ययमले लेखेका छन् ।
बप्पी लहरी भारतमा डिस्को किंगको नामले पनि चर्चित हुनुहुन्छ । बलिउड गीत संगीत क्षेत्रमा सक्रिय लहरीका ुआइ एम अ डिस्को डान्सरु,यार बिना चेन कहाँ रेु, ुरात बाँकीु, ुबम्बइ से आया मेरा दोस्तु लगायत गीत चर्चित छन् ।
पछिल्लो समय भारतले गीत संगीतको क्षेत्रमा ठूला हस्तीहरुलाई गुमाएको छ ।