पहाडी क्षेत्रमा नेपालको राष्ट्रिय फूल लाली गुराँस फुलेर ढकमक्क

दिपक साउँद /दार्चुला

दार्चुला –लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ । पढी जसो लेकम क्षेत्रहरुका भिरालो जमिनमा फुलेका छन ।

 

यो फुल साधारण तया माघ, फागुन चैत्र महिना तिर फुलेको देखिन्छ । तर छिटो फुल्ने ठाउँमा यो फुल पौषको महिना पनि फुलेको देखिन्छ । फुलको रंग रातो हुन्छ राष्ट्रिय फुल लाली गुराँसको आकार भने अरु फुलहरु भन्दा केही ठुलो हुन्छ ।

 

यसको पातको लम्बाई लगभग ५ देखि १० सम्म सेन्टिमिटर हुन्छ यस रुखको आकार र उँचाई निम्न पहाडी भु-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुखको धेरै ठुलो र झ्याम्म परेको हुन्छ । यस फुललाई नेपालको राष्ट्रिय फुलको रुपमा २०१९ सालमा मान्यता दिइएको थियो । नेपाल को संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फुलको मान्यता दिएको छ । नेपालको निशान छापमा समेत लालीगुराँसलाई समावेश गरिएको छ ।

 

त्यस्तै नेपाली रुपियाँ पाँच सय र एक हजारको नोटमा लालीगुराँस अङ्कित छ । नेपालको राष्ट्रिय फूल भएका कारण लालीगुराँस धेरैपटक हुलाक टिकट तथा हुलाक वस्तुमा प्रकाशन भइसकेको छ । अङ्ग्रेजीमा ‘रोडोडेनड्रन’ भनेर चिनिने यो मनमोहक फूलका विभिन्न प्रजाति संसारभरि नै पाइन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा नेपालमा ३३ प्रजातिकगुराँस पाइने उल्लेख छ ।

 

संसारमा लालीगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य पाँच गुराँस पाइन्छन् । दार्चुलाको शैल्यशिखर नगरपालीका , लेकम गाउँपालीका लगायत उच्च भु भागमा नेपालमा मात्र पाईने रातो सिन्दुरे रङ्गको एकथरी लालीगुराँस पाइन्छ ।

 

लालीगुराँसको फुल विश्वमै विशिष्ट फुलका रुपमा चिनिन्छ । विश्वमा नै सबैभन्दा लालीगुराँसको फूल नेपालमै फुल्छ । विश्वकै सबैभन्दा अग्लो लालीगुराँसको र र रूख पनि यही हो । १६.१ मिटर अग्लो यो लालीगुराँसको रूखलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूख भनेर उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.