सुदूरपश्चिम सरकारलाई एकीकृत समाजवादीको समर्थन

 

दार्चुला – नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ। सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो।

प्रदेशसभा सदस्य दुर्गा बिकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको जानकारी दिनुभयो। बिकले संसदीय दलको विधान बनाउनका लागि ३ सदस्यीय समिति समेत गठन गरिएको बताउनुभयो।

यस्तै आजको बैठकले संसदीय दलको नेता चयन गर्ने बताएपनि त्यसका सम्बन्धमा बैठकमा सामान्य छलफल मात्रै भएको उहाले बताउनुभयो। एकीकृत समाजवादीको संसदीय दलको नेताका लागि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, तत्कालीन नेकपा एमालेका प्रमुख सचेतक तारा लामा तामाङ लगायतका आकांक्षी छन्।

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको अर्को बैठक भोली दिउँसो पनि बस्नेछ ।

Leave A Reply

Your email address will not be published.