दार्चुला । पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको ज्यान गएको छ । गएराति अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा १५ वर्षका संविधान विष्ट, अन्दाजी २६ वर्षका वीरेन्द्र विष्ट र ४५ वर्षकी हरिकला विष्टको ज्यान गएको जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दीपेश रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ६५ वर्षकी नैना विष्ट घाइते हुनुभएको छ ।उहाँको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।