समाजवादी मोर्चाको नेतृत्व ६ महिनामा आलोपालो गर्ने

समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६- ६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन् ।

शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६र६ महिनामा पालैसँग गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

‘सामान्यतया यो मोर्चाको ६र६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल ले) ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ । यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ, लगभग समझदारी त्यही छ । समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ’ बैठकपछि पत्रकारहरुसँग उनले भने ।

शनिबारको बैठक माधव नेपालको अध्यक्षतामा बसेको थियो । बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । तर त्यसको मिति भने २७ गते बस्ने बैठकले तय गर्ने नेता पाण्डेले बताए ।

बैठकले मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । जसमा नेकपा माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहेका छन् ।

online khabar

Leave A Reply

Your email address will not be published.