अनलाइनमार्फत कुराकानी गर्ने एक विकल्पको रूपमा ह्वाट्सएप रहेको छ । यसमा सुरक्षा तथा गोपनीयता सम्बन्धी विभिन्न विकल्प दिइएका छन् । जसबारे एक ह्वाट्सएप प्रयोगकर्ताले थाहा पाउँदा, उसलाई फाइदा नै हुन्छ । आज हामी ह्वाट्सएपका त्यस्तै पाँच उपयोगी फिचरबारे जानकारी दिँदै छौँ ।
ह्वाट्सएप लक फिचर
ह्वाट्सएपलाई ‘लक’ गर्न कुनै पनि थर्ड पार्टी एप आवश्यक पर्दैन । सुरक्षा र गोपनीयतालाई मध्यनजर गर्दै ह्वाट्सएपले इन्बिल्ट रहने गरी यो फिचर उपलब्ध गराइरहेको छ । ह्वाट्सएपमा गरेको कुराकानीलाई गोप्य राख्नुपर्ने भए यस फिचरलाई इनेबल गर्न सकिन्छ । त्यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्स्
ह्वाट्सएप खोल्नुहोस् । त्यसपछि सेटिङमा जानुहोस् ।
त्यहाँ रहेको ‘प्राइभेसी’ अप्सनमा ट्याब गर्दा सबैभन्दा तल ‘फिङ्गरप्रिन्ट लक’ भन्ने विकल्प देखिन्छ ।(त्यसभित्र ‘अनलक विथ फिङ्गर’ अप्सन अन गर्नुभयो भने तपाईंको मोबाइलको लक खुले पनि ह्वाट्सएप खोल्न भने फिङ्गरप्रिन्ट वा फेस आईडी चाहिन्छ । स्वचालित रुपमा कति समयमा ह्वाट्सएप लक गर्ने भनेर त्यसको विकल्प समेत सेटिङबाटै छान्न सकिन्छ ।
च्याट लक
कुनै एक जनाको कुराकानीलाई मात्रै गोप्य राख्न चाहनुहुन्छ भने यो फिचर उपयोगी हुन्छ । यो फिचर प्रयोग गर्दा ह्वाट्सएपको च्याट सेक्सनमा समेत उक्त व्यक्तिसँगको कुराकानी देखिँदैन । जब च्याट सेक्सनलाई तलतिर तान्नुहुन्छ, तब त्यहाँ ‘लक्ड च्याटस्’ भन्ने विकल्प देखिन्छ ।
त्यहाँ ट्याब गरेर फिङ्गरप्रिन्ट वा पासवर्ड राखेपछि मात्रै लक भएका च्याटहरू हेर्न र त्यहाँ कुराकानी गर्न सकिन्छ । यदि तपाईं गोपनीयतालाई ध्यान दिनुहुन्छ भने यो फिचर उपयोगी हुन सक्छ ।
यो फिचर प्रयोग गर्न सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् ।
अब लक गर्न चाहेको कुनै च्याट खोल्नुहोस् । अथवा सिधै च्याट लक गर्न चाहेको व्यक्तिको ह्वाट्सएप प्रोफाइलमा जानुहोस् ।स्क्रोल गरेर तल जाँदा तपाईले च्याटलक भन्ने विकल्प देख्नुहुन्छ, त्यसलाई अन गर्नुहोस् ।
यसरी तपाईंले कुनै पनि च्याटलाई लक गर्न सक्नुहुन्छ ।
कन्ट्याक्टमा नभएकालाई कल र मेसेज गर्न सकिने
यो ह्वाट्सएपको अर्को निकै राम्रो फिचर हो । यसलाई प्रयोग गरेर तपाईंले आफ्नो कन्ट्याक्ट (अयलतबअत )मा सेभ नभएका नम्बरमा पनि कल तथा मेसेज गर्न सक्नुहुन्छ । यसअघि ह्वाट्सएपमा कसैसँग कुराकानी गर्न परे उक्त नम्बर सेभ गरेकै हुनुपर्थ्यो ।
यो फिचर प्रयोग गर्न निम्न तरिका अपनाउनुहोस
ह्वाट्सएप खोल्नुहोस् ।
तलपट्टि भएको मेसेजको आइकनमा क्लिक गर्नुहोस् ।
यदि आईओएस प्रयोगकर्ता हुनुहुन्छ भने माथि दायाँ कुनामा यो आइकन रहेको हुन्छ ।
माथि रहेको सर्चको आइकनमा जानुहोस् ।
त्यसपछि आफूले कुराकानी गर्न चाहेको नम्बर डायल गर्नुहोस् ।
उक्त नम्बरको छेउमा च्याटको बटन देखिन्छ । अब सो बटनमा क्लिक गरेर च्याट, अडियो र भिडिओ कल गर्न सकिन्छ ।
डिसअपियरिङ मेसेज फिचर
यो ह्वाट्सएपको अर्को उपयोगी फिचर हो । जब तपाईंले यो फिचर प्रयोग गर्नुहुन्छ, तब कुनै पनि व्यक्तिसँग गरेको कुराकानी निश्चित समयपछि स्वतस् गायब हुन्छ । त्यो समय सीमा भने तपाईं आफैंले निर्धारण गर्न सक्नुहुन्छ । जुन २४ घण्टा, सात वा ९० दिनसम्म हुन सक्छ ।
यस फिचरले मोबाइलको स्टोरेजलाई केही भए पनि कम गर्न सहयोग गर्छ । यसलाई निम्न तरिकाले प्रयोग गर्न सकिन्छस्
(ह्वाट्सएपभित्र गएर तीन ओटा थोप्ला भएको आइकनमा थिच्नुहोस् ।
(त्यहाँ सेटिङको विकल्प देखिन्छ । जसभित्र प्राइभेसी भन्ने सेक्सन हुन्छ ।
(त्यहाँ डिसअपियरिङ मेसेजेज भनेर ‘डिफल्ट मेसेज टाइमर’ भन्ने विकल्प देखिन्छ । त्यहाँ कति समय भित्रमा मेसेज गायब गर्ने भनेर छान्न सकिन्छ ।
यसका साथै सबै मेसेजहरुलाई नभई कुनै एकजनासँगको कुराकानीलाई मात्र निश्चित समयमा गायब बनाउन पनि सकिन्छ । यसका लागि उक्त व्यक्तिको प्रोफाइल खोल्नुहोस् । अघिको च्याट लकभन्दा भन्दा माथि डिसअपियरिङ मेसेजेज भन्ने विकल्प छ ।
त्यहाँबाट नै उक्त व्यक्तिसँगको कुराकानी कति समयमा आफैँ गायब होस् भन्ने चाहनुहुन्छ त्यो अनुसारको सेटिङ गर्न सक्नुहुन्छ । यो सेटिङले पहिला नै गरिसकेको च्याटमा भने कुनै असर गर्दैन ।
च्याट ट्रान्सफर
ह्वाट्सएपको यो फिचरबाट कुराहरू एउटा डिभाइसबाट अर्कोमा ट्रान्सफर अर्थात् सार्न सकिन्छ । ह्वाट्सएपमा राखेको ब्याकअपबाट आफ्ना कुराकानीहरू कुनै अर्को डिभाइसमा सार्न सकिने फिचर यसअघि नै थियो ।
तर यस फिचरबाट सिधैं अर्को डिभाइसमा सबै कुराकानीहरू सार्न सकिन्छ । कुनै पनि ह्वाट्सएप प्रयोगकर्ता नयाँ डिभाइसमा अपग्रेड हुँदा यो फिचर उपयोगी हुन सक्छ। यसलाई प्रयोग गर्न निम्न तरिका अपनाउनुहोस्स्
ह्वाट्सएपको सेटिङमा जानुहोस् ।
त्यहाँ रहेको च्याट्समा ट्याब गर्नुहोस् ।
(त्यसपछि ट्रान्सफर च्याटमा क्लिक गर्नुहोस् । त्यहाँ स्टार्टमा क्लिक गर्नुहोस् । अब अर्को फोनमा क्यूआर खुल्छ । यसो गर्दा यस फोनको स्क्रिन भने तपाईंले अफ नगर्नुहोस् । त्यसो गर्नु भए तपाईंको डेटा उड्न सक्छ ।
(अब कुराकानी सार्न चाहेको डिभाइसमा ह्वाट्सएप खोल्नुहोस् । आफ्नो नम्बर हाल्नुहोस् । त्यहाँ बनेको क्यूआर कोडलाई अर्को फोनले स्क्यान गर्नुहोस् ।
यसरी तपाईंले आफनो डिभाइसहरूमा ह्वाट्सएपको कुराकानी सार्न सक्नुहुन्छ । तर यसो गर्दा ब्याकअप भने राख्दा राम्रो हुन्छ । यी बाहेक आफू अनलाइनमा रहेरनरहेको जानकारी क(कसलाई दिने त्यो कुरा पनि ह्वाट्सएपमा गर्न सकिन्छ । कुनै निश्चित व्यक्तिले मात्रै आफ्नो प्रोफाइल फोटो वा स्टाटस देखोस् भन्ने चाहनुहुन्छ भने त्यो पनि मिलाउन सकिन्छ ।
त्यस्तै आफ्नो कन्ट्याक्टमा नभएको प्रोफाइलबाट आएको कललाई साइलेन्समा राख्ने फिचर पनि ह्वाट्सएपमा उपलब्ध छ । प्राइभेसी सेक्सनको गल कल्स भन्ने विकल्प भिध जाने हो भने यो फिचरलाई अन गर्न सकिन्छ । यसले अनावश्यक स्पाम कलहरूबाट हामीलाई बचाउन सक्छ ।
techpana
