देउडा गायक ध्रुब रानाको ”ए मैना उदास नभए” गीतको भिडियो सार्वजनिक

दार्चुला । लोक तथा देउडा क्षेत्रका लोकप्रिय गायक ध्रुब रानाको प्रस्तुतिमा रहेको “ए मैना उदास नभए” डेउडा गीतको भिडियो सार्वजनिक भएको छ ।उक्त गीतमा ध्रुब राना र दिपा रोकयाको स्वर रहेको छ भने लोकप्रिय गायक भानुभक्त जोशी र ध्रुब रानाको को शब्द रहेको छ ।काठमाण्डौ डिजिटल स्टुडियोमा रेकर्डिङ्ग गरिएको यो गितमा गोपाल दयालको संगीत तथा एरेञ्ज र डिका गुरूङ्गको मिक्सिङ्ग रहेको छ ।भिम थापाको निर्देशनमा रहेको ऊक्त भिडियो मदन धामी, नबिन नाथ योगी र सरस्वती बनको अभिनय, नरेश एसको छायांकन तथा प्रबिन रेश्मी मगरको सम्पादनमा निर्माण भएको हो ।यो गितमा समाजसेवी युवा नेता हरिमोहन भण्डारी, लोकेन्द्र राना सितल , नबराज घरडी, अशोक बिस्ट प्रेस सल्लाहकार को विशेष सहयोग रहेको छ ।माया प्रेममा आधारित यस गीतलाई singer Dhurb Rana   को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

 

Leave A Reply

Your email address will not be published.