दार्चुला । नेपाली कांग्रेसेका मालिकार्जुन गाउँपालिका सभापतीमा किसन सामन्त सर्वसम्मत चयन हुनुभएको छ। आज भएको कांग्रेस गाउँपालिका अधिवेशनबाट सामन्त मालिकार्जुन गाउँपालिकाको सभापतीमा सर्वसहमतीमै चयन हुनुभएको हो ।
चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुरुप असोज ९ गते गाउँ र नगरपालिकाको अधिवेशन हुने तय भए अनुसार आजदेखि अधिवेशन सुरु भएको छ। जिल्लाका अन्य स्थानीय तहमा पनि सहमतीमै सभापती र अन्य पदहरुको टुगाें लगाउने प्रयास भइरहेको छ।