आकाशमा उडेको बुद्ध एयरको जहाज, त्रिभुवन विमानस्थलमा सफल अवतरण

दार्चुला – विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेपछि त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ ।
झण्डै दुई घण्टासम्म आकाशमा घुमेपछि जहाजलाई आकस्मिक अवतरण गराइएको हो । जहाजको सामान्य अवतरण भएको र चालक दलका सदस्य तथा सबै यात्रुहरू सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ।

बिहान ८ बजेर ३० मिनेटमा विराटनगरका लागि उडेको जहाज ल्याण्डिङ गियरमा समस्या भएपछि काठमाण्डौ फर्किएको थियो ।

जहाजलाई प्राथमिकतामा राखेर सफलतापूर्वक अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।

Leave A Reply

Your email address will not be published.