प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

दार्चुला –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ ।     बर्दिबासस्थित आयोगको कार्यालय र केन्द्रबाट गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो ।

प्रदेश २ ले २०७५ साल मंसिरबाट सुरु गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका लागि साइकल खरिदमा करोडौं रुपैयाँको अनियमितता भएको सूचनाका आधारमा आयोगले छापा मारेको अख्तियार स्रोतले जनाउनुभयो । र आयोगले मुख्यमन्त्री कार्यालयका महत्वपूर्ण कागजातहरु समेत नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.