गुल्मीका युवक १६ दिन पछी मृत भेटिए

दार्चुला – गुल्मीको मालीका गाउँपालिकामा एक युवक १६ दिनपछि मृत अवस्थामा भेटिएका छन् । मालिका गाउँपालिका ७ घमिरका ३१ वर्षीय लेखनाथ पन्थी मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम पाण्डेले बताउनुभयो ।

पन्थी गएको भदौ २८ गतेदेखि परिवारको सम्पर्कभन्दा बाहिर रहेको आफन्तले बताएका छन् । पन्थीको शव हिजो बुधवार घर नजिकै जङ्गलमा सडेको अवस्थामा स्थानीयवासीले फेला पारेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । स्थानीयवासीले दिउँसोपख जङ्गलमा निहुरो टिप्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक पन्थी शारीरिक र मानसिक दुवै रूपमा अशक्त रहेका प्रहरीले जनाएको छ । घरबाट पन्थीको शव आज पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको डीएसपी पाण्डेयले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.