दार्चुला– गृह मन्त्रालयले दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीको सरुवा गरेको छ । गृह मन्त्रालयको मिति २०८० चैत्र ६ गतेको निर्णयानुसार उनको कैलाली सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको हो ।
गृहमन्त्रालयले दार्चुलामा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ । सिडियो जोशीको एक वर्षपछि दार्चुलाबाट कैलाली सरुवा भएको हो । उनिसहित २१ जना उपसचिवको विभिन्न जिल्लामा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।