टनकपुरको नदीमा डुबेर आमा–छोरीको मृत्यु

काठमाडौं– नेपाल र भारतको सीमानाका रहेको टनकपुरस्थित नदीमा डुबेर २ जनाको मृत्यु भएको छ।  शुक्रबार टनकपुर शारदाघाट नजिकै नदीमा डुबेर उनीहरूको मृत्यु भएको हो।

भारतीय प्रहरीका अनुसार मृत्यु हुनेमा आमाछोरी समेत रहेका २८ वर्षीया कन्चन र उनकी छोरी ४ वर्षीया दिव्यान्सी रहेका छन्। उनीहरू भारतीय नागरिक हुन्। अहिले उनीहरूको शव प्रहरीले सनाखत गरिसकेको र थप अनुसन्धान भैरहेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.