ब्रेकिङ : कर्णाली पुलबाट हाम फालेका १२ जनामध्ये एक युवक बेपत्ता

काठमाडौं– कैलालीको चिनापानीस्थित कर्णाली नदीमा फोटो खिच्ने क्रममा १०/१२ जनाले हाम फालेका छन् । जस मध्ये एक जना युवा नदीमा बगेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार युवाहरुको टोलीले सामुहिक फोटो खिचाउने क्रममा नदीमा हाम फालेका थिए ।

प्रहरीले रोक्न खोज्दा खोज्दै पनी नदीमा हाम फालेको कैलाली प्रहरीले जनाएको छ । नदीमा बेपत्ता हुने युवकको खोजी भइरहेको छ । उनको पहिचान खुल्न बाँकी रहेको छ । घटनाको अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.