धनगढीका मेयर गोपाल हमालकी छोरी भारतमा हराइन्

काठमाडौं– धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालककी छोरी बेपत्ता भएकी छन्। हिजो सोमबार बाट मेयर हमालकी छोरी आरती हमाल बेपत्ता भएकी हुन्।

मेयर हमालले भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट आफ्नी जेठी छोरी हराएको बताएका छन्। यस्तै मेयर हमालले सामाजिक सञ्जालमार्फत आफ्नी बेपत्ता भएकी छोरी ओशो साधक भएको र उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको जनाएका छन्। यस्तै हमालले आफ्नी छोरीको खोजीमा सघाउन अपीलसमेत गरेका छन्।

Leave A Reply

Your email address will not be published.