काठमाडौं र भक्तपुरमा दुई युवाको शव फेला

काठमाडौं– काठमाडौं र भक्तपुरमा दुई युवाको शव फेला परेको छ । बुढानीलकण्ठ नगरपालिका–१३ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। बुढानीलकण्ठको चुनिखेल पोखरी बस्ने ४६ वर्षीय विजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–९ इटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा पनि एक पुरुषको शव भेटिएको छ ।

सोही इटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएएको छ । उनीहरुको मृत्यु स्वभाविक हो कि हत्या हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Leave A Reply

Your email address will not be published.