शिक्षक संघ सुदूरपश्चिमद्धारा महेन्द्र माविका प्रअ जोशी र शंकरपुर माविका पूर्वप्रअ ओझा सम्मानित

दार्चुला- नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश समितिले दार्चुलाका दुई शिक्षकलाई सम्मान गरेको छ । जिल्लाको महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक राम दत्त जोशी र शंकरपुर मावि पस्तीका पूर्व प्रधानाध्यापक गणेश राज ओझालाई सम्मान गरिएको हो ।

सोमवार कैलालीको धनगढीमा सम्पन्न नेपाल शिक्षक संघको प्रतिनिधि भेलामा दार्चुलाका दुई शिक्षकहरुलाई सम्मान गरिएको भेलामा सहभागी नेपाल शिक्षक संघ महाकाली नगरपालिका कार्य समिति दार्चुलाका अध्यक्ष धनेन्द्र धामीले जानकारी दिए ।

गुणस्तरीय शिक्षा तथा शिक्षाको उन्नयन र विद्यालयको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।

नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश कार्य समितिको ५ औ प्रतिनिधि भेला संघका अध्यक्ष डिल्ली राज पन्तको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.