काभ्रेको रोशीमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको रुख

काठमाडौं — काभ्रेको रोशीमा अपरिचित व्यक्तिहरूको समूहले गएराति बुद्धचित्तको बोट काटिदिएको छ ।

शुक्रबार बिहान १ बजेतिर रोशी गाउँपालिका वडा नं ५ का स्थानीय ठकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको बोट अपरिचित १५/२० जनाको समूहद्वारा काटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा बुद्धचित्तको बोट काटिएको र सोही घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको, नजिकै जनमुक्ति सेना लेखिएको ज्याकेट फेला परेको थियो ।

उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.