आलेख :- दक्षिण एसियाको सबैभन्दा जेठो र कुनै पनि साम्राराज्यको गुलाम नरहेको हाम्रो देश नेपालको भू-राजनैतिक, आर्थिक, सामाजिक अवस्थाको सन्दर्भमा अन्तराष्ट्रिय जगतमा र हाम्रै राष्ट्रिय सीमा भित्र थरी थरीका विश्लेषण र अवधारणाहरू विकसित भएको पाइन्छ। हिजो प्रथम र द्वितीय विश्व युद्धताका हाम्रो अन्तराष्ट्रिय पहिचान विरताले आर्जन गर्यो, हिमालय पर्वतमालाको काखमा हाम्रो अवस्थितिले प्राप्त प्राकृतिक सुन्दरता, भौगोलिक र सामाजिक विविधता नेपालको सदावहार पहिचान रहि रह्यो र पछिल्लो समय विश्व राजनैतिक रंगमन्चमा बफर जोनको पुरानो पहिचान विस्थापित हुदै उत्तर दक्षिणको मात्रै नभएर पश्चिमकोसमेत सरोकार सेतुको रूपमा हाम्रो बाह्य पहिचान विकसित भएको छ।
हामी नेपालीहरूले नेपाललाई बुझ्ने धारणा बनाउने अपेक्षा राख्ने सन्द्रभमा पनि समय संगै गतिशीलताको नियम लागु भएकोछ। राजा पृथ्वीनारायण शाहले एकिकरण प्रारम्भ गरेदेखी वि.सं. १७७९ देखि वि. सं.२००७ सम्म राज्य कस्को ?
राजाको रैति कस्का ? राजाका भन्ने अवधारणा कायम रह्यो र त्यो अवधीसम्म राज्य संग जनताले जनकल्याणका ठुला अपेक्षा राख्ने कुरा पनि भएन। हैन, राज्य राजाको मात्रै होइन जनताको पनिहो, शासकीय अधिकार जनताले पाउनु पर्छ भन्ने अवधारणा स्थापित हुन झन्डै ६ दशक लामो समय व्यतित भयो र २०४६ सालमा देशको सार्वभौमसत्ता राजा र जनतामा निहित रहेको संविधान जारी भई राज्य प्रतिको बैधानिक अवधारणामा व्यापक परिवर्तन आयो। झन ०६२/०६३ पश्चात संविधानसभा द्वारा जारी संविधानले त पुरानो राज्य प्रतिको अवधारणालाई पुरै उलटफेर गरी राज्य कस्को ? जनताको भन्ने अवधारणा स्थापित गर्यो।
राज्य कस्को ? जनताको भन्ने मुल्य स्थापित भए सँगै जनताले कालापानी देखि सुस्ता सम्म मिचिएका र राजाको राज्य हुदा लुकेका मुद्धाहरू सतहमा ल्याए, बन्चितीकरण र मुलधारमा नआएका महिला, दलित, मधेशी,आदिवासी जनजाती सवैका मुद्धाहरू सतहमा आए। जनताले आफ्नो सामजिक, आर्थिक, भौतिक र न्यायिक जीवनमा परिवर्तनको स्वभाविक अपेक्षा आफुले निर्माण गरेको राज्यबाट राखे, राखिरहेकाछन जुन जनताको नैसर्गिक अपेक्षा हो।
जनताको अपेक्षालाई लत्याउदै चरम भ्रष्टाचार, सत्तालिप्सा, नातावादको साम्रराज्य खडा गरी लोकतन्त्र लाई, व्पापारिक लोकतन्त्र र किनेको जनादेश (Commercial Democracy & Purchased Mandate) को बाटोमा लोकतन्त्रलाई लग्ने प्रवृत्ति बाट काँग्रेस, एमाले, माओवादी, नयाँवादी सबै पार्टीहरूको नेतृत्व ग्रसित छ । वर्तमान प्रणालीप्रतिको निराशा र नेपाली जनतामा देखिएको नकारात्मकताको मुल जरो यही प्रवृत्ति को उपज हो।भ्रष्टहरूको बरवरिक फौजखडा गरि पार्टी कव्जा गरि वसेका र सत्ताको डाडुपन्यूमा हालिमुहाली गरिरहेकाहरूको विस्थापन गरि साहस, संकल्प, प्रतिबद्धता र चरित्र सहितको क्षमता भएको नेताको उदय आजको आवश्यकता हो। डा. बाबुराम भट्टराईमा धेरैले त्यो संभावना देखेकाहुन तर दुःखद रूपमा उनि नेपाली राजनितिका एघारौ खेलाडी भन्दा माथि उठन सकेनन।
साहस संकल्प र चरित्रमा स्पष्टता भएका पछिल्ला एकल पात्र गगन थापा देखिएकाछन,हुनत जवरजस्ती वंश र अंशका आधारमा नेता वन्ने वनाउने बथानमा आफ्नै पार्टी भित्र उन्लाई सकस देखिन्छ तथापी देहायका कारणले पार्टी हुदै सत्ताको नेतृत्व गर्ने अवसर गगनले प्राप्त गर्नु पर्दछ। १ चारत्रिक सुद्धतास् हुनत नेपाली राजनितिमा जुन पात्रले जे विषय उठाएकोछ परकारन्तर ले त्यो पात्र त्यही विवादमा मुछिएको देखिन्छ तर (विद्यार्थी राजनितिलाई छोडेर) ०६२/०६३ को आन्दोलन देखि उदायका गगन एक पटक समानुपातिक र ३ पटक प्रत्येक्ष निर्वाचित गरी ४ पटक निर्वाचित जनप्रतिनिधि, एक पटक मन्त्री,स्ववियु सभापति,नेविसंघ महामन्त्री देखि नेपाली काँग्रेस के.स. हुदै महामन्त्री जस्ता सार्वजनिक जिम्मेवारी निर्वाह गरिरहदा चारित्रिक पक्षलाई सुरक्षित राखेको देखिन्छ। गगनको चारत्रिक वजनकै कारण पार्टी भित्र र बाहिर उन्को अभिव्यक्ति को दमखम प्रभावपुर्ण रहने गरेको छ।
२० साहस र स्पष्टतास् ४/५ थान पुर्व र वर्तमान प्रधानमन्त्रीहरूको चङ्गुलबाट राजनितिलाई बाहिर ल्याउन ती नेताहरू विस्थापित गर्नु पर्छ भन्दै बोल्ने मात्रै होइन संसदिय दलमा लडने, आफ्नै ससुरा बा विरूद्ध महामन्त्री लडने, भ्रष्ट्राचारको आरोपित बालकृष्ण खाँण लगायतलाई निलम्वन गर्न दल भित्र एक्लै भए पनि डटने, नेका भित्र गणतन्त्रको कुरा गर्दा आश्चर्य मान्नु पर्ने समयमा गणतन्त्र को वहस प्रवेश गराउने,सदन र सडकमा भ्रष्ट्राचार बिरूद्ध आफ्नो पार्टी र अर्को पार्टीको भेद नराखि स्पष्ट दृष्टीकोण राख्ने जस्ता अन्य थुप्रै विषयहरूमा खुट्टा नकमाई उभिएर गगनले साहस र स्पष्टता पटक पटक प्रमाणि गरेका छन्।
३) सक्षमतास् संविधानसभा,संसद,मन्त्रीमण्डल र पार्टी भित्र सक्षमता देखाउन अध्यन गर्ने,टिम वनाउने, निरन्तर कृयाशील रहने र विषयगत समितिमाहोस वा छोटो अवधिको मन्त्री हुदाहोस जनताको पक्षमा परिणाम दिने गरि काम गरेर गगनले विशिष्टता प्रमाणित गरेका छन।
४) दुरदृष्टी र निर्ममतास् पार्टी भित्रको गणितमा गगन सहजतामा छैनन तथापि मुद्धाहरूमा गगन अगाडि अगाडि पार्टी पछाडि पछाडि देखिन्छ गणतन्त्र, संघीता, चुनाव पुर्व गठबन्धनको विरोध, सुशासनका मुद्धा उठान गर्दा गगन एक्लै देखिन्थे तर विस्तारै सिंगो पार्टी गगनकै बाटो लिएको देखिन्छ।
पार्टी बाहिर पनि शिक्षा, स्वास्थ्य, रोजगारी सुशासनका मुद्धाहरूमा गगनको अग्रता देखिन्छ। यी सवै तथ्यहरूले गगनमा दुरदृष्ट्री प्रमाणित गर्दछ। आलेखमा गगनलाई देवत्वकरण गरेझै पनि लाग्न सक्छ, अरू पनिछन भन्न सकिन्छ, गगनलेनी के नै पो नाप्लान भन्न पनि हुन्छ तर वर्तमानमा सवै पार्टीका नायकहरू ले जनताको पक्षमा जनपक्षिय सुशासन दिन सकेनन, चर्चित घोटाला,ठगि,भष्ट्राचारहरूमा हाम्रा पार्टीहरू लाई नेतृत्व गर्नेहरूले नै कसैको सुनमा कसकै सरणार्थीमा,कसैको टिवन्दुमा कसैको सहकारीमा संलग्नता रहेको कति लुकाउनु ?
आलेखमा गगनलाई विम्वको रूपमा प्रयोग गरेको बुझ्दा सही हुन्छ, गगनको सट्टा योगेश हुदा योगेशको सट्टा लेखनाथ हुदा लेखनाथको सट्टा घनश्याम भुसाल हुदा केही फरक पर्दैन तर आधुनिक सिघांपुर वनाउदना लि क्वान यू ले, लिम यो घेकको सरकारको भ्रष्ट प्रणाली भत्काउदै, मुख्यमन्त्री हुना साथ आफ्नो,मन्त्रीहरूको र कर्मचारीहरूको वेतन नघटाएको भए,आफ्नै मन्त्रीमण्लका सदस्य किया गान, वि टुन उन र चियाक्ष वानलाई क्रुरुरता पुर्वक कार्यवाही नगरेको भए उन्ले आधुनिक सिङ्गापुर वनाउन संभव थियो ?
यथास्थिति हाम्रो सन्द्रभमा कसैलाई पाच्य हुनुहुदैन, एउटा सकारात्मक लहर चलेकोछ भ्रष्ट्राचारको विरूद्धमा यसलाई झन फराकिलो पार्नुपर्छ, जनताको शासनको विकल्प राजाको साशन हुनै सक्दैन। बजारिया लोकतन्त्र भइरहेको हाम्रो लोतन्त्रलाई जवाफदेही लोकतन्त्र बनाउन सुशासनको पक्षमा साहस, संकल्प र चरित्र सहितको सक्षमता भएको नेता अगाडी ल्याउनु पर्दछ।
लेखक पुलेन्द्र कार्की निवर्तमान दुहुँ गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेस दार्चुलाका सचिव हुन् ।