सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित

काठमाडौं– बुधवार सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । आज दिउँसोबाट टेलिकमका सबै सेवाहरू प्रभावित भएका हुन् ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक किशोर कुमार भट्टले बर्दियाको भुरिगाउँमा फाइबर काटिएको बताए । उनले फाइबर काटिनुको कारण नखुलेको र टेलिकमको प्राविधिक समूह भुरिगाउँ गएको बताए ।

उनका अनुसार प्राविधिकहरूले फाइबर काटिएको ठाउँ पत्ता लगाएपछि मात्र समस्याको बारेमा खुल्नेछ भने सेवा सुचारु हुन लाग्ने समयबारे पनि भन्न सकिनेछ ।

Leave A Reply

Your email address will not be published.