गोरखाको वीरेन्द्र तालमा हिमपहिरो

काठमाडौं– गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्र तालमा हिमपहिरो खसेको छ ।

हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो भेगमा बाढी आएको छ । बाढीले सामागाउँको काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले बताए ।

उनले नेपालप्रेससँग भने,‘वीरेन्द्र ताल फुटेको होइन । तालमा हिमपहिरो आएको हो । हिमपहिरोबाट तालबाट पानी छछल्किएको हो । सामागाउँको काठेपुल बगाएको छ । अहिलेसम्म बस्तीमा त्यति जोखिम छैन ।’

Leave A Reply

Your email address will not be published.