दार्चुलामा १६ गतेदेखि २५ गतेसम्म शल्यक्रियासहितको आँखा शिविर संचालन हुने

दार्चुला– दार्चुलामा यहि बैशाख १६ गतेदेखि २५ गतेसम्म शल्यक्रियासहितको आँखा शिविर सन्चालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल धनगढी र स्थानीय तहहरुको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा शिविर सन्चालन हुन लागेको हो ।

बैशाख १६ गते देखि १८ गतेसम्म महाकाली नगरपालिका–४ स्थितको महेन्द्र नमुना मावि खलंगामा मोतियाविन्दुको शल्यक्रियासहित शिविर संचालन गरिने नेपाल नेत्रज्योति संघ दार्चुलाका सभापति दीपक अवस्थीले जानकारी दिए । यस्तै बैशाख २० गतेदेखि २२ गतेसम्म शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माविमा, बैशाख २४ गते र २५ गते जिल्लाको मार्मा गाउँपालिका–३ स्थित लटिनाथ माविमा मोतियाविन्दुको शल्यक्रिया शिविर संचालन हुनेछ ।

उक्त शिविरमा निःशुल्क औषधि उपचार र चश्मा आवश्यक भएकाहरुलाई विशेष छुटमा चश्मा समेत उपलब्ध गराइने जनाइएको छ । आँखाका बिरामीलाई सेवा लिन आग्रह गरिएको छ । यहाँका स्थानीयले शल्यक्रियाका लागि गेटा अस्पताल धनगढी जानु पर्ने बाध्यता छ ।

Leave A Reply

Your email address will not be published.