बैतडीमै क्षयरोग पत्ता लगाइने, बाहिर जानुपर्ने बाध्यता हट्यो

दार्चुला । बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा जीन एक्सपर्ट मेसिन जडान गरिएसँगै जिल्लामै क्षयरोग पत्ता लगाउन सकिने भएको छ। प्रयोगशालामा मेसिन जडान गरिएसँगै क्षयरोग पत्ता लगाउन बाहिर जानुपर्ने बाध्यता हटेको हो।

राष्ट्रिय क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका प्राविधिकको टोलीले उक्त मेसिन जडान गरेको जिल्ला अस्पताल बैतडीले जनाएको छ। यसअघि बैतडीमा क्षयरोग परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता रहेको थियो। जडान गरिएको उक्त मेसिनलेक्षयरोगको पहिचान तथा क्षयरोगका बिरामीका लागि प्रयोग गरिने रिफाम्पिसिन औषधिले काम गरे नगरेको बारेमा परीक्षण गर्न सहयोग गर्ने जनाइएको छ।

क्षयरोगका विरामीका लागि औषधिले काम गरिरहेको भए पनि ६ महिना नियमित रूपमा औषधि खुवाउनुपर्ने र औषधिले काम नगरेको पाइएमा २० महिना औषधि खुवाउनुपर्ने हुन्छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.