डडेल्धुरामा बस दुर्घटना

डडेल्धुरा । धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ । जिल्लाको अमरगढी नगपालिका –११ स्थित राइमा जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । थप विवरण आउन भने बाँकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.