मुगुमा बस दुर्घटना २३ जनाको ज्यान गयो

दार्चुला –  मुगु बस दुर्घटना हुँदा २३ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल खसेको प्रमुख जिल्ला अधिकारी महतको भनाइ छ । अहिले प्रमुख जिल्ला अधिकारी महत र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ । घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर घटनास्थलतर्फ गएको छ ।

Leave A Reply

Your email address will not be published.