दार्चुला । दार्चुलामा माछा मार्ने क्रममा महाकाली नदीमा बगेर एक जना पुरुष वेपत्ता भएका छन । महाकाली नदीमा माछा मार्ने क्रममा शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै बस्ने ७० वर्षीय मानसिंह श्रेष्ठ बगेर वेपत्ता हुनुभएको हो ।
माछा मार्न गएका बेला खलंगाको गल्फै क्षेत्रबाट महाकाली नदीमा बगेर वेपत्ता भएका श्रेष्ठको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।