दार्चुला । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।
राजमार्गको भासु भीरमा वर्षाका कारण हिजो राति गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। राजमार्ग अवरुद्ध बनेपछि अहिले त्यहाँ सवारीसाधन अलपत्र परेका बताइएको छ। केहीबेरमै डोजर लगाई पहिरो पन्छाइने प्रहरीले बताएको छ।