सुदूरपश्चिममा कहाँकहाँ हुँदैछ वर्षा, कहिलेदेखि सुधार हुन्छ ?

दार्चुला । अहिले सुदूरपश्चिमका अधिकांश भूभागमा हल्कादेखि भारी वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेशका एकरदुई स्थानमा भारी वर्षा समेत भइरहेको छ। यो क्रम तीन दिन अर्थात् बुधवारसम्म जारी रहन सक्ने महाशाखाको पूर्वानुमान छ।

डडेल्धुरा, डोटी र छेउछाउका क्षेत्रमा विगत १२ घण्टामा ठूलो वर्षा भएको तथा थप हुने पूर्वानुमान रहेको छ। पछिल्लो २४ घण्टामा डडेल्धुरामा देशभरमै धेरै १ सय १६ मिलिलिटर वर्षा भएको छ। यस्तै, डोटीमा ९५.३ मिलिलिटर र धनगढीमा ८०.१ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले डडेल्धुरा भएर बग्ने रंगुन नदी तथा सो आसपासका तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आह्वान गर्दै सूचना जारी गरेको छ। प्रदेशका एक÷दुई स्थानमा अझै ठूलो वर्षा हुने समेत सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

बङ्गालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय एवम् पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव अहिले नेपालमा देखिएको मौसमविद् बासीले बताइउनुभयो। महाशाखाका अनुसार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
यस्तै अहिलेको वर्षाले पाकिसकेर काट्न तयार भएका धानलाई असर पारेको छ। काटेर खेतमै छाडिएको धानमा क्षति पुगाएको छ भने पाकेको धानलाई हानि पुर्याएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.