सुरक्षा सुनिश्चितता भएमात्र इजरायलमा ‘केयर गिभर’ पठाउनुपर्छ : कुँवर

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले सुरक्षा सुनिश्चितता गरेरमात्र इजरायलमा दुई हजार केयर गिभर पठाउनुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले सरकारले इजरायलमा २ हजार केयर गिभर पठाउने कुरा गरेको विषयमा समाचारमा आएको भन्दै इजरायल राम्रो श्रम गन्तव्य मुलुक भएपनि अहिले उक्त मुलुक युद्धग्रस्त छ भन्ने कुरा थाहा हुनुपर्ने बताए ।

‘यस्तो अवस्थामा हाम्रा श्रमिकहरूको सुरक्षाको सुनिश्चितता हुन्छ कि हुँदैन रु त्यो हेरेरमात्र इजरायलमा नेपाली कामदार पठाउने निर्णय गरिनुपर्छ’, उनले भने, ‘केही समयदेखि हराइरहेका विपिन जोशीको अवस्था अज्ञात रहेकाले सरकारको ध्यानाकर्षण ध्यानाकर्षण गराउन चाहन्छु ।’

यद्यपि उनले सिद्धान्त र आदर्शका जतिसुकै ठुला कुरा गरेपनि वैदेशिक रोजगारीमा जानु नेपालीका लागि बाध्यता भएको बताए ।

Leave A Reply

Your email address will not be published.