नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्रीलाई नियुक्त

दार्चुला – सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्रीलाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशकमा नियुक्त गरेको हो।

संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशक बनाएको हो।

प्राधिकरणका तत्कालिन महानिर्देशक राजन पोखरेलले अनिवार्य अवकाश पाएपछि क्षेत्रीले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.