राष्ट्रपतिले गरे टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छ्न् । संघीय सदनको दुवै बैठकबाट पारित भएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर पठाएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ अनुसार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छन्। टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।

Leave A Reply

Your email address will not be published.