जीवन जिउने कला खुसी, सन्तुष्ट, सफल र निरोगी बन्नुपर्छ

हामी सधै जीवन जिउने कुरा गर्छौं । जिउने कला सिक्छौं । यसरी जिउने, त्यसरी जिउने भन्दा भन्दै सबै समय गुज्रिएर जान्छ ।

जीवन कसरी जिउने रु यसको कुनै फर्मूला छैन । किनभने फरक बर्ग, बर्ण, भूगोल, संस्कृति, हावापानीले पनि मानिसको जिउने शैलीमा प्रभाव पार्छ । एउटा भूगोलमा जन्मिएका मानिसले जुन ढंगले जिउने अभ्यास गर्छ, अर्को गोलार्द्धका व्यक्तिले त्यसको हुबहु अनुशरण गर्न सक्दैन । त्यसैले जीवन यसरी जिउनुपर्छ भनेर सर्वमान्य फम्र्याट तयार गर्न सकिदैन ।

तर, जीवन जिउनु एक कला हो । जन्मिएपछि हामी बाँच्छौं । तर, कस्तो जीवन बाँच्छौं भन्ने कुरा हाम्रो कलाको कुरा हो । कसैले गुणस्तरिय जीवन बाँच्छन्, कसैले बेकारको जीवन बाँच्छ । एउटा भनाई छ, ‘जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ ।’

कसरी बाँच्ने

जन्म नै मृत्युको सुरुवात मानिन्छ । अर्थात जन्मिएपछि मृत्यु निश्चित छ । हामी जन्मदेखि मृत्युसम्म एउटा निश्चित अवधी बाँच्छौं । यही अवधीमा हामीले आफ्नो बाँच्ने कला सिक्न सक्छौं । सिकाउन सक्छौं ।

निश्चित अवधीका लागि जीवन लिएर आएका हामी खुसीसाथ, प्रेमपूर्वक, उमंगमय ढंगले बाँच्नुपर्ने हो । तर, हामीसँग यस्तो कला हुँदैन, जसले गर्दा क्रोध, लोभ, इष्र्या, प्रतिशोध, सत्रुता साँधेर कष्टकर जीवन बाँच्न पुग्छौं । त्यसैले त जीवनको मूल्य र मान्यतालाई बुझ्न जरुरी छ । जीवन के हो रु कसरी जिउने भन्ने कुरा हामी आफैबाट सिक्न सक्छौं, अरुबाट प्रेरणा लिन सक्छौं । जीवनलाई जति कलात्मक, रचनात्मक र मूल्यवान् बनाउन सक्छौं, उत्तिकै शानदार दिनहरु विताउन सक्छौं ।आखिर समय त वितेर जान्छ नै । आज जुन क्षण हामीसँग छ, त्यो हिजो हुनेछ । यसरी हरेक क्षण हामीसँग रहने छैन । जतिबेला त्यो क्षण हामीसँग हुन्छ, किन रिस, द्वेष, लोभ, क्रोधमा फसेर विताउने

पूर्खाको मार्गदर्शन

जीवन के हो रु जीवनलाई कसरी रचनात्मक बनाउने रु यस सम्बन्धमा हाम्रा पूर्खाहरुले आफ्नो जीवन भोगाई सुनाउँदै आएका छन् ।विभिन्न पौराणिक ग्रन्थ, ऋषिमुनीहरुले हामीलाई गुणस्तरिय जीवन विताउन उचित मार्गदर्शन गर्दै आएका छन् । यद्यपी यस्ता कुरालाई हामीले मनन गर्न सकेका छैनौ । त्यसैले त आज हामी ‘कसरी खुसी हुने रु’, ‘कसरी सुखी हुने रु’, ‘कठिन क्षणमा कसरी आफुलाई सम्हाल्ने रु’, ‘दाम्पत्य सुख कसरी पाइन्छ रु’, ‘कसरी स्वास्थ्य भइन्छ रु’ भनेर खोज्न थालेका छौं ।

मनको विकार त्यागौं

वास्तवमा जीवनलाई सुन्दर बनाउनका लागि अरु केही गर्न पर्दैन, मनको विकार त्याग गरे पुग्छ । हाम्रो मनभित्र अनेक विकार जमेर रहेको हुन्छ । त्यही विकार हो, जसले हामीलाई हास्न दिदैन । त्यही विकार हो, जसले हामीलाई खुसी हुन दिदैन । त्यही विकार हो, जसले हामीलाई उमंग दिदैन ।

हामीभित्र जमेर रहेको विकार हो, दम्भ, प्रतिसोध, इर्ष्या, मोह, वासना, लोभ, आलस्य आदि ।यी कुराहरु नै हाम्रो प्रगतिका वाधक हुन् । जब हामी प्रगतिको कुरा गर्छौं, कसैले बाधा गर्छन् कि भनेर शसंकित रहन्छौं । हामी आफ्ना घर परिवार, आफन्त, छिमेकी र समाजका व्यक्तिहरुसँग भयभित रहन्छौं । हामीलाई लाग्छ, कतै उनीहरुले मलाई बाधा गर्ने त होइनन् रु

तर, बाधा हामीभित्रकै विकार तत्व हुन् । जब विकार त्याग्छौं, दुनियामा हाम्रा कोही सत्रु नै हुँदैनन् । दुनियामा हाम्रा प्रतिस्पर्धी नै हुँदैनन् ।जसरी हामीभित्र विकार तत्व छन्, त्यसैगरी गुणहरु पनि छन् । हामीभित्र नै छ, खुसी, हामीभित्रै छ, करुणा, हामीभित्रै छ जाँगर, हामीभित्रै छ प्रेम, हामीभित्रै छ सद्भाव, हामीभित्रै छ संवेदना । यी यस्ता मानविय तत्व हुन्, जसले हाम्रो जीवनलाई रसिलो बनाउँछ ।

खुसी कहाँ पाइन्छ ?

हामी खुसी खोज्न अनेक वाहाना गछौर्ं । सिनेमाघर धाउँछौं । डिस्कोथेक पुग्छौं । घरमा भोजभत्तेर राख्छौं । मदिरापान गर्छौं । गाडी खोज्छौं, सुन खोज्छौं, घरजग्गा खोज्छौं । तर, सुख बाहिर होइन, हामीभित्रै छ । हामी आफै सुखका स्रोत हौ । तर, यो स्रोतलाई अवरोध पुर्‍याउने विकार तत्वलाई हटाउनुपर्छ । जब मनबाट लोभ, इर्ष्या, दम्भ जस्ता वाधक तत्वलाई हटाइन्छ, सुख त्यसै प्राप्त हुन्छ ।

हरेक समस्याभित्र अवसर पनि

अक्सर हामी समस्याको कारण दुखी हुन्छौं । यस्तो लाग्छ, हामीलाई चारतर्फ समस्याले घेरा हालेका छन् । कतिले यसबाट उन्मुक्ती पाउनका लागि आत्महत्याको बाटो रोज्छन् । मानौ, समस्या यस्तो भूत हो, जसले हामीलाई लखेटिरहन्छ । तर, त्यही समस्याले अवसर पनि लिएर आएका हुन्छन् । हरेक समस्याभित्र समधान मात्र हुँदैन, अवसर पनि हुन्छ । त्यसैले जुन कुरालाई हामी समस्या देख्छौं, असल मान्छेहरुले त्यहीभित्र अवसर खोज्छन् ।भनिन्छ, हरेक समस्याको एउटै हल हो श्रम । अर्थात श्रम नै हरेक समस्याहरुको समधान हो । जब हामी सार्थक श्रम गर्छौं, त्यसले कुनैपनि समस्यालाई नजिक पर्न दिदैन । त्यसैले श्रमबाट हामी कहिले पनि विमुख हुनुहुँदैन ।

रोगको स्रोत हामी आफै

हामीलाई रोगले दुख दिन्छ । अहिले हामी कुनै न कुनै किसिमको रोगबाट पीडित छौं । रोगकै कारण हामीले भनेजस्तो खान पाएका छैनौं, भनेजस्तो गर्न पाएका छैनौं । तर, यी रोग हामीलाई कसले दिएको हो रु कुनै सत्रुले रु कुनै पराइले रु कुनै आफन्तले रुहामीभित्र जुन रोग छ, त्यसको खास कारण हामी नै हौ । हिजोको दिनमा हामीले खाएका खराब खानपान, हामीले अंगालेका खराब जीवनशैलीले आज हामी रोगी भएका छौं ।

कसरी रोगमुक्त जीवन विताउने ?

प्रकृतिमा कति धेरै खानेकुरा छन्, जसले हामीलाई निरोगी र तन्दुरुस्त जीवन बाँच्न सघाउँछ । तर, त्यसलाई पन्छाउँदै हामी स्वादको पछाडि लाग्छौं । शरीरले यस्ता खानेकुरा थेग्न सक्दैन । भित्री अंगहरुको कार्य संचालनमा अवरोध पुग्छ । हामी रोगी हुन्छौं ।हामी रोगी हुनुमा जसरी हाम्रो हात छ, उसैगरी रोगमुक्त हुनका लागि पनि हाम्रै प्रयास अनिवार्य छ । यदी हामी स्वस्थ्य जीवनयापन गर्ने हो, पोषिलो र स्वस्थ्यवर्द्धक खानेकुरा खाने हो भने, सक्रिय जीवन विताउने हो भने, सन्तुलित दिनचर्या पालना गर्ने हो भने हामी कसरी रोगी हुन्छौ रुजीवन अनमोल धन हो । जीवनभन्दा ठूलो अर्को धन छैन भन्ने हामी जान्दछौं । तर, जीवनलाई धरापमा राखेर भौतिक सुखको मोहमा दौडदा दौडदै हामी दुखको तलाउमा फस्न पुग्छौं ।जीवनलाई सुखमय, सन्तुष्ट, स्वस्थ्य, सन्तुलित राख्नका लागि हामी आफैले प्रयास गर्नुपर्छ । यसका लागि जीवनको महत्व र मूल्यलाई बुझ्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.