छाङरूस्थित गुल्मले माइनस १८ डिग्री सेल्सियस तापक्रममा हिउँ पन्छाउँदैे गस्ती गदैँ

दार्चुला । दार्चुलाको व्यासँ गाउँपालिका वडा—१मा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मले हिउँ पन्छाउँदै सीमा क्षेत्रमा आफ्नो गस्ती गरिरहेको छ । हिमपात भएसँगै हिमाली क्षेत्रको जनजीवन अहिले कष्टकर बनिरहेका बेला सशस्त्र प्रहरीले आफ्नो दैनिकी भने रोकिएको छैन ।

छाङरूस्थित गुल्मले माइनस १८ डिग्री सेल्सियस तापक्रममा पनि नियमित गस्ती गदैँ आएको सशस्त्र प्रहरी बल नेपाल नं ४४गण हेडक्वाटर दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज जोशीले जानकारी दिनुभयो ।छाङरूबाट खटिएको टोलीले १८डिग्री तापक्रममा बाटोमा भएको अन्दाजी ३ फिटको हिउ पन्छाउदै गस्ति गरेको उहाँले बताउनु भयो ।

अहिले छाङरूस्थित गुल्मको नेतृत्व डिएसपी लिलिबहादुर चन्दले गदैँ आएका छन । सितापुल देखि छाङरूसम्म सशस्त्र प्रहरीका नायब निरीक्षकको नेतृत्वमा गएको टोलीले गस्ती गरेको सशस्त्रले जनाएको छ । यो गुल्मले भारत र चीन दुवै छिमेकी देशसँगको सीमा क्षेत्रको सुरक्षा हेर्दै आएको छ । प्रतिकूल मौसम र न्यून स्रोत साधनका बाबजुद पनि छाङरू गुल्मले सीमा क्षेत्रको नियमित गस्ती गर्दै आएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका देशभरि २५४ बिओपी छन्। जसमध्ये १० वटा उत्तरी नाकामा छन्।

Leave A Reply

Your email address will not be published.