दार्चुलाको ग्वानीमा बस रोकेर पिसाब फेर्ने क्रममा एक महिला लडेर गम्भीर घाइते

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानी को बग्जेबला भन्ने ठाउँमा बस रोकेर पिसाब गर्न जादा भिर बाट लडेर एक महिला गम्भीर घाइते हुनुभएको छ । घाइते हुनेमा दुहुँ गाउँपालिका घर भएकी नन्दा बोहरा रहेको मालिकार्जुन प्रहरी इन्चार्ज दान बहादुर साउद ले जानकारी दिनुभयो । लडेर घाइते हुनु भएकी बमको टाउको मा गम्भीर चोट रहेको छ ।

उपचारका लागी घाइते बोहरा लाई शैल्यशिखर नगरपालिकाका नगर प्रमुखको गाडीमा उपचार गर्न गोकुलेस्वर पठाएको मालिकार्जुन प्रहरी इन्चार्ज  साउद ले जानकारी दिनुभयो ।

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ३८३३ नम्बरको बसमा यात्रा गर्दै गरेका ति महिलाको साथमा परिवारका अरु सदस्यहरु समेत रहेको बुझिएको छ । घाइते महिला लडेर भिरको रुखमा अड्किनु भएको मालिकार्जुन प्रहरी चौकी इन्चार्ज असै दान बहादुर साउद ले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.