दार्चुलामा राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गतको गणनामा ३० हजार घरपरिवार सूचीकृत

दार्चुला – दार्चुलामा राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गतको गणनामा ३० हजार घरपरिवार सूचीकृत भएका छन ।

जिल्लाका २ नगरपालिका तथा ७ वटा गाउँपालिकामा गरिएको पहिलो चरण अन्तर्गतको गणनामा उक्त्त संख्यामा परिवारहरु सूचीकृत गरिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका अधिकारी पदम राज पाण्डेले जानकारी दिनुभयो। विसं २०६८ सालमा जिल्लाको जनसङ्ख्या १ लाख ३३ हजार रहेको थियो। मूल गणनापश्चात् मात्रै कति जनसङ्ख्या थपियो भन्ने यकिन हुने अधिकारी पाण्डेले बताउनु भयो ।

राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा विसं १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो ।

Leave A Reply

Your email address will not be published.