दुखी आमा

मनोज सिंह धामी

दुखी आमा

सपना रोपेर दिनमा,
निन्द्रा बेचेर रातमा,
जिवनको जङ्गल पार गर्दै
आमा निरन्तर हिँडिरहेकी छिन्।

उनको आँखाभित्र
लुकेको छ हजारौं आँसु,
तर ओठमा भने
सधैं अडिग मुस्कान बस्छ।

हातमा कडा रेखाहरू,
घामले पोलिएको छाल,
तर मुटुमा अझै पनि
सन्तानका लागि न्यानो आशिर्वाद।

आमाको पीडा कसैले देख्दैन,
उनी आफैं लुकाउँछिन्—
सन्तान सुखी भए पुग्छ,
आफ्नो घाउ बोकेर हाँस्छिन्।

आमा भनेको त्यो विशाल वृक्ष हो,
जहाँ दुखको आँधी आयो भने पनि
सन्तानलाई छत्रछायाँ दिइरहन्छ।
✍️मनोज सिंह धामी

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.