मुख्य निर्णायक तथा प्रशिक्षक सुवेदीलाई दार्चुलामा सम्मान

नेपाली डिजिटल पत्रकारिताका अग्रणी व्यक्तित्व तथा वरिष्ठ पत्रकार राजु सुवेदी दार्चुलामा सम्मानीत भएका छन । आधारभुत पत्रकारिताको सातदिने प्रशिक्षणमा प्रशिक्षक तथा फिचर लेखन प्रतियोगिताको मुख्य निर्णायकको भूमिका निर्वाह गरेबापत सुवेदीलाई सम्मान गरिएको हो।

नेपाल पत्रकार महासंघ दार्चुलासॅगको सहकार्यमा प्रेस चौतारीले संचालन गरेको प्रशिक्षण साउन १ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको थियो । उक्त तालिममा जिल्लाभरिबाट ४५ जना पत्रकार प्रशिक्षार्थी सहभागी भएका थिए। यस्तै २५ प्रतियोगीबीच भएको समाचार फिचर लेखन प्रतियोगिताका बिजयीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको मुख्य निर्णायकको भूमिकामा पनि वरिष्ठ पत्रकार सुवेदी थिए ।

समापन तथा पुरस्कार/प्रमाणपत्र बितरण कार्यक्रममा सहभागिहरूले पत्रकारिताका आधारभुत ज्ञानसॅग नेपाली पत्रकारले सिक्नुपर्न महत्वपूर्ण सिकाई प्रदान गरेको भन्दै प्रशिक्षक सुवेदीको प्रशंसा गरेका थिए । सुवेदीलाई नेपालमा डिजिटल पत्रकारिताको सुरुआतकर्ता तथा नवपरिवर्तनकर्ता मानिन्छ। २४ वर्षअघि बाग्लुङको धवलागिरी एफएमबाट पत्रकारिता यात्रा थालेका सुवेदी ढोरपाटन राष्ट्रिय दैनिक, एभिन्युज टेलिभिजन , एबिसी टेलिभिजन, न्युज २४ टेलिभिजन र नेपाल टेलिभिजनजस्ता प्रतिष्ठित संचारमाध्यमहरूमा रिपोर्टरदेखि सम्पादकसम्मको भूमिकामा रहेर काम गरिसकेका छन्।

नेपालकै पहिलो अनलाइन तथा डिजिटल टेलिभिजन ‘टिभी अन्नपूर्ण’ का संस्थापक प्रधान सम्पादक रहेका सुवेदीले डिजिटल पत्रकारिताको नीतिगत विकासका लागि राज्यका नीतिनिर्माण तहसम्मै पुगेर बहस तथा पैरवी गर्दै आएका छन्।

नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामी र प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशका ईन्चार्ज लोग्सरी कॅुवरले सुवेदीलाई सम्मानपत्र प्रदान गर्दै पत्रकारिता क्षेत्रमा उनको योगदान प्रेरणादायी रहेको भन्दै प्रशंसा गरेका थिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.