असफल एक यात्रा

कविता धामी

असफल एक यात्रा

मनमा अनेकौं इच्छा, चाहाना, सपाना अनि काधमा जिम्मेवारी !
छन त छन् केहि मैले पुरा गर्नु पर्ने लक्ष्य, छन् मैले पुरा गर्नु पर्ने केहि जिम्मेवारी !

मैले जन्मदै जिम्मेवारी काधमा बोकेर जन्मेकि थिए रे!
मैले जन्मिदै मेरा बाबा आमाले मेरो कर्म निर्धारण गर्नु भएको थियो रे!
तर के गर्नु त्यो कर्म पुरा गर्न सकिरहेको छैन, त्यो जिम्मेवारी पुरा गर्न सकिरहेको छैन, आशालाइ निराशामा परिवर्तन गर्दै छु !

थिए मेरा नि कुनै दिन केहि पनि सपाना जुन मैले मेरो परिवारको लागि देख्ने गर्थे, जुन मैले मेरो भबिस्यका निम्ति देख्ने गर्थें जुन कहिले पुरा हुन सकेन!

आज गर्छु, भोलि गर्छु भन्दा भन्दै मेरा दिन हरु बितिसके तर कुनै प्रगति भने हुन सकेको छैन!!
सोच्छु म यो गर्छु त्यो गर्छु तर त्यो एक नराम्रो सपना बनि दिन्छ सायाद यहि मेरो भाग्यमा लेखिएको छ, सायाद कुनै जन्मको पाप को सजाय यो जन्ममा भोग्दै छु !!

म जति आगि बढ्दै जान्छु त्यति नै पछाडी धकेलिदै जान्छु, म जे गर्न खोज्छु त्यस्को ठिक्क उल्टो भैदिन्छ !!

सपना थियो मेरो परिवारले बिगतमा धेरै दुख, कष्ट भोगेको छ त्यो दुख, कष्ट र सङ्धर्ष बदला एक सफल छोरि भएर दिने छु, बाबा को मान, इज्जत अनि आमा को गर्व बन्ने छु ! त्यो पनि पुरा गर्न सकिरहेको छैन !!!

थाहा छ सफल हुन धेरै मेहनत लाग्छ, अनेकौं दुख झेल्नु पर्छ तर म त यस्को बाबजुत पनि सफलता पाउनसकिरहेको छैन के येहि हो त मेरो कर्म को फल?? के यहि हो त मेरो चोखो मनले चाहेको ?
खै यो के भोग्नु पर्दै छ थाहा छैन , बाबा आमा को आशा र बिश्वास ढल्दै छ !!

कर्मै खोटो हो कि मैले केहि भुल गर्दै छु त्यो त थाहा छैन तर नि जे काम एमा नि असफलता बाहेक केहि पाउन सकिरहेको छैन !!

सानो पनि प्रगति गर्नु छ, परिवारले भोगेको दुखलाइ सुखमा परिणत गर्नु छ भन्दाभन्दै यहा सम्म पुगिसके तर एक काममा नि सफलता पाउन सकिरहेको छैन!!

भगवान यदि मेरो भाग्यमा असफलता मात्र पाउन लेखिएको छ भने मेरो आयु नै छोटाे बनाइ दिनु किन भने मेरै आशा अनि मेरै भरोशामा बाचि रहेका मेरा आमा बाबा मेरो असफलता हेर्न सक्दैनन !!!

जति गरे पनि नहुने मेरो यो कर्म लाइ सफलता दिन सक्नु हुन्न भने म मन्दिर गएर पनि मेरै मरण माग्ने छु त्यो त दिन सक्नु हुन्छ होला नि ???

म भाग्यमा बिस्वास नगर्ने कर्ममा बिस्वास गर्ने छोरि हु तर अब यति असफलताका बाबजुत कर्मका साथसाथै भाग्य पनि हुनु पर्दो रहेछ भन्ने बुझ्दै छु !!!!!
कर्मै खोटो भए पछि कसको के लाग्छ र ?

हाजारौ कोशिसको बाबजुत हार्नु पार्दो रहेछ,
सुन्दर भबिस्य का निम्ति रोपेको फुल लाइ गोड्नु भन्दा नि
सबै सपना मारेर त्यो फुल उखेलेर बाझो मा सार्नु पर्दो रहेछ!!!

लेखक कविता धामी महेन्द्र नमुना माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी हुन्।

Leave A Reply

Your email address will not be published.