वडा अध्यक्ष सहित पाँच जना जुवाडे पक्राउ

वडा अध्यक्ष सहित पाँच जना जुवाडे पक्राउ
दार्चुला । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ५ जनालाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका वडा नं। १३ का वडाअध्यक्ष दिपक केसी सहितको टोलीलाई प्रहरीले मुसिकोट १ मठ स्थित उत्तम खड्काको घरबाट पक्राउ गरेको हो।

गएराती ११ बजेतिर खड्काको घरमा अवैध कौडा जुवा खेलिरहेको भन्ने गोप्य सुचना पाउन साथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम् बाट खटिएको प्रहरी टोलिले उनिहरु लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जुवाखाल बाट प्रहरीले ३२ थान कौडा ,१ थान गलैचा र १ लाख ८ हजार २ सय ९० रुपैँया नगद बरामद गरेको छ ।यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.