बोलन्या थलीको अफिसियल गीत ‘बोल बोल बोलन्या थली’ सार्वजनिक (भिडिओसहित)

दार्चुला । बोलन्या थलीको अफिसियल गीत ‘बो बोल बोलन्या थली’ बजारमा आएको छ। पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि दबाब दिँदै आएको थलीले बोल बोल बोलन्या थली नामको गीत बजारमा ल्याएको हो। जसमा स्वर गायक चक्र बम र स्मृति शाहीको रहेको छ भने गीतको निर्देशन मासुम विष्टले गरेका हुन्।

यस्तै गीतमा शब्द मदन पुरस्कार विजेता रामलाल जोशीको रहेको छ भने गीतको सम्पादन सीएस फिल्म प्राली धनगढीले गरेको छ। सो गीत बोलन्या थलीको युटुव चालनबाट बजारमा ल्याइएको थलीका संयोजक यादव जोशीले बताए। गीतको म्युजिक भिडियो डोटी , डडेल्धुरा, बैतडीमा छायाङ्कन गरिएको हो। गीतमा पश्चिम सेती निर्माण गर्न सरकारलाई गीतमार्फत दबाब दिन गीत तयार पारिएको संयोजक जोशीले बताए।

थलीले यस अघि पश्चिम सेती निमार्णको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ। यस्तै थलीले सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुक्की बालेर प्रदर्शन पनि गरिएको छ।

पश्चिम सेती निर्माणमा ढिलाइ भइरहेको भन्दै सेती पुलमाथि सात सय ५० टुक्की बालेर सरकारको साङ्केतिक विरोध गरिएको थियो। भने डोटीको ढुङ्खाडमा सात सय ५० डोका सङ्कलन गरी प्रदर्शन समेत गरिएको थियो। अहिले सरकारका प्रधानमन्त्रीलाई सुदूरपश्चिम प्रदेशबाट १ लाख पत्र सङ्कलन गरेर बुझाउने तयारी पनि छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.