मैले पुजा गर्नु छ

शंकर दत्त भट्ट

सरलता र सौम्यताको मुखौटो ओढेर नै किन नहोस,
या साधु र सन्तको पगरि भिरेर नै किन नहोस,
मैले यो ढुंगाको मुर्तिलाइ खुशि पार्नु नै छ,
कसै बाट खोसेर नै किन नहोस मैले पुजा गर्नु छ ।।

गरिब र निमुखा हरु बाट घुस खाएर नै किन नहोस,
बन जङ्गलका रुख ढालि प्रयावरण बिगारेर नै किन नहोस,
अकालको अन्न गोदाम मा थन्क्याएर नै किन नहोस,
मैले असर्फि दान र कोटिहोम गर्नु नै छ।।

गाउँका युबा हरुलाइ मदिरामा डुबाएर नै किन नहोस ,
गाउँकि युबतिहरुलाइ बिदेशमा बेचेर नै किन नहोस,
दाजुभाइ हरुको अंस मिचेर नै किन नहोस,
मैले एउटा सुनको मुर्ति चढाउनु नै छ।।

राम का नाममा धार्मिक दङ्गा फैलाएर नै किन नहोस,
लाखौं जनताको रगतको खोलो बगाएर नै किन नहोस,
देसलाइ साम्प्रदायिक दलदलमा फसाएर नै किन नहोस,
मैले अयोध्यामा राम मन्दिर बनाउनु नै छ ।।

बृद्ध आमा बुवालाइ भोकभोकै सुताएर नै किन नहोस,
पत्नि र छोराछोरिको पेटमा लात हानेर नै किन नहोस,
गाउँका गोठाला हरु बाट छिनेर नै किन नहोस,
मैले त्यो मन्दिरमा पाँच बोकाको पन्च बलि गर्नु नै छ ।।

सडकमा बुद्ध र गान्धीका आदर्श फलाकेरै किन नहोस,
भासणमा हिंसा गर्नु पापहो भनेर नै किन नहोस,
आफुलाइ अहिन्सावादि घोसित गरेर नै किन नहोस,
मैले त्यो मन्दिरमा एउटा राङ्गा सताइ सताइ मार्नु नै छ,
चाहे जेहोस जस्तो सुकै होस मैले पुजा गर्नु नै छ ।।।

✍️ शंकर दत्त भट्ट, शिक्षक

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!