दार्चुला । दार्चुलामा अहिले जात्राको रौनकता जारी रहेको छ । द्धितीया तिथीको रातीबाट सुरू भएका रात्रीकालीन जात्रा अहिले लेकम क्षेत्रका विभिन्न मठमन्दिरमा जारी रहेको हो । लेकम क्षेत्रका जात्रामा झक्तजनहरुको सहभागिता बढि हुने भएकाले अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले चेकजाचमा कडाई गरेको छ ।
विशेष गरी ट्राफिक प्रहरी कार्यालय दार्चुलाले नवमी तिथिको राती लाग्ने लेकम गाउँपालिका वडा ५ मा रहेको जयपुर जात्रा र चतुर्दशी तिथिमा लाग्ने मालिकार्जुन जात्राको पूर्वसन्ध्यामा सवारीमाथि चेकजाचमा कडाई गरेको जनाएको छ ।
यी दुईठाउँका जात्रा लेकम क्षेत्रकै ठुलो जात्रा हुनेभएकाले ट्राफिक प्रहरी कार्यालय दार्चुलाले हुनुक्ने सवारी दुर्घटना कम गर्न सयुंतm रुपमा चेकिङमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
चेकिङका क्रममा सवारी चालकलाई दुर्घटना न्यूनीकरणका उपाय लगायत अवैध समान ओसार पोसार नगर्न सचेत गराइएको छ । भोली बिहिबार कार्तिक १३ गते राती जयपुर र कार्तिक १८ गते राती मालिकार्जुन मन्दिरमा भब्य जात्रा लाग्दैछ ।



यो समाचार पनि पढ्नुस्-
दार्चुला प्रशासनले भन्यो- रात्रीकालीन जात्रा शान्तपूर्वक रुपमा मनाउनू ,सूचना सहित