आज बस्ने सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध हो : भीम रावल

दार्चुला । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बस्ने भनिएको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध भएको दाबी गर्नुभएको छ ।

आज बस्ने भनिएको बैठक १० बुँदे सहमति र अन्तर पार्टी निर्देशन विपरीत रहेको रावलको आरोप छ ।

आज हुने भनिएको कथित सु।प। प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु।प।मा लागु नहुने किनरु यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?

आजको बैठक गुटबन्दीको नमुना भएको भन्दै यसका निर्णय अमान्य हुने रावलको जिकिर छ । रावलले अन्तर पार्टी निर्देशन झापामा लागू हुने तर सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्न पनि गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.