दार्चुला । दार्चुलामा एचआइभी संक्रमितहरुको संख्या बढदै गएको छ । हाल जिल्ला अस्पतालबाट ४० जना संक्रमितहरुले एआरटी सेवा लिइरहेका छन । सेवा लिनेहरु मध्ये १८ जना पुरुष, २० जना महिला तथा २ जना १६ वर्ष मुनिका बालवालिका रहेका छन् । जिल्ला अस्पताल दार्चुलाका एआरटि काउन्सलर लोकेन्द्र सिँह धामीले दिएको जानकारी अनुसार ४० जना मध्ये पनि ५ जनाको एचआइभी एड्सकै कारण मृत्यु भइसकेको छ । उहाँका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा समान १० ÷१० जनामा एचआइभी संक्रमित रहेका छन।
यस्तै जिल्लाको महाकाली नगरपालिकामा ८ जना , लेकम गाउँपालिकामा ७ जना, मार्मा गाउँपालिकामा ४ तथा दुहुँ गाउँपालिकामा १ जना गरी ४० जनामा एचआइभी देखिएको छ ।त्यस्तै अपि हिमाल गाउँपालिका, नौगाड गाउँपालिका तथा व्यासँ गाउँपालिकामा एचआइभी संक्रमितहरु शुन्य रहेको बताइएको छ ।
चालु आर्थिक वर्षको हाल सम्म दार्चुलामा एचआइभी संक्रमित नभेटिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।