Naya Sadar
Badar

नेकपा एस दार्चुलाको अध्यक्षमा ठगुन्ना चयन

Sadar Sano

दार्चुला । नेकपा एकीकृत समाजवादी दार्चुलाको अध्यक्षमा बीरबहादुर ठगुन्ना चयन हुनुभएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका गोकुलेश्वरमा भएको भेलाले ठगुन्नालाई जिल्ला अध्यक्षमा चयन गरेको हो । अध्यक्ष लगायतको जिल्ला कमिटी घोषणा गर्न नेकपा एसका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल दिउँसो २ बजे गोकुलेश्वर पुग्नुभएको छ ।

Naya Mat patra

अध्यक्षका आंकाक्ष गणेशकुमार जोशी र इन्द्रसिह विष्टबीच सहमति हुन नसकेपछि ठगुन्नालाई जिल्ला कमिटी अध्यक्ष चयन गरिएको हो । यस्तै नेकपा एस दार्चुलाको बरिष्ठ उपाध्यक्षमा रुकमति जागरी, उपाध्यक्ष राधिका अवस्थी चयन हुनुभएको छ । एक जना उपाध्यक्षको टुङ्गो लाग्न बाकी छ ।

नेकपा एसको सचिवमा जनकसिह डागा, उपसचिवमा विष्णुराम हुम्ली र गंगादत्त जोशी चयन हुनुभएको छ । एक जना उपसचिवको नाम टुङ्गो लाग्न बाकी रहेको स्रोतले जनाएको छ । नेकपा एसले जिल्लाका हरेक स्थानीय तहबाट ६ जनाका दरले जिल्ला कमिटी सदस्य बनाउने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.