महाकालीमा वेपत्ता धामीका परिवारलाई आर्थिक सहयोग

दार्चुला । गत साउन १५ गते भारतीय एसएसबीले तुइन फुस्काइदिएर महाकाली नदीमा वेपत्ता भएका जयसहि धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्याण्ड अमेरिकाले वेपत्ता जयसिह परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

फारवेस्ट राईडरको सहआयोजनामा सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण गरिएको छ । फारवेस्ट राइडरका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले जयसिह धामीका श्रीमति राजन्ती धामीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
मेरिल्याण्ड अमेरिकाका अध्यक्ष दमन विक्रम शाहको अगुवाईमा धामी परिवारको लागि राहत रकम संकलन भएको थियो । वेपत्ता जयसिह धामीका एक छोरा र एक छोरीको पढाई लेखाईमा सहयोग पुगोस भन्नको लागि रकम संकलन गरि हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताउनुभयो ।
सहयोग रकमलाई सही ठाउँमा सदुपयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । रकम पाए पछि राजन्ती खुसी र भावुक बनेका थिए ।

Leave A Reply

Your email address will not be published.