बैतडीमा आगलागी, चार लाख ५० हजारको क्षति

दार्चुला । बैतडीमा आगलागीबाट चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ मेलसैनीका अशोकसिंह साउँदको भैँसीगोठमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो।

आज भएको आगलागीबाट तीन गाई र एक भैसी मरेका छन् भने अन्न, लत्ताकपडा, गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। दुईकोठे एकतले पक्की गोठमा लागेको आगो स्थानीय बासिन्दाले करिब तीन घण्टामा नियन्त्रणमा लिएको बताइएको छ। विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख बोधराज ओझाले जानकारी दिनुभयो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.