दार्चुला । दार्चुलामा करेन्ट लागेर घाइते भएकी ५४ वर्षीया पार्वती जोशीको उपचार खर्च नेपाल विद्युत प्राधिकरणले बेहोर्ने भएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं १ बलाच–गोकुलेश्वर ११ केभिए लाईनको पोल नजिक घाँस काटिरहेकी जोशीलाई पोलको स्टेमा छुन गई करेन्ट लागेको थियो । करेन्ट लाग्दा उनको दुबै हात र खुट्टामा चोट लागेको छ ।
अहिले उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते जोशीको उपचार खर्च विद्युत प्राधिकरणले बेहोर्ने नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख रोसन कुमार ठाकुरले बताए । उनका अनुसार विद्युत दुर्घटना क्षतिपूर्ति बिनियमावली अनुसार उनको उपचार तथा क्षतिपूर्ति उपलब्ध गराइने बताए ।
जसका लागि विद्युतको केन्द्रीय प्राधिकरणलाई पत्र लेखि पठाइएको र सोही अनुसार केन्द्रबाट निर्णय भई क्षतिपूर्ति उपलब्ध हुने बताइएको छ । यस्तै दार्चुला वितरण केन्द्रका प्रमुख ठाकुरले घटना लगत्तै घाइते जोशीको आफन्तलाई सम्पर्क गरेर उपचारका लागि सहजिकरण गरिएको बताएका छन् । अहिले जोशीको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
यो पनि पढ्नुस-
बलाचमा करेन्ट लागेर एक महिला गम्भीर घाइते,मायामेट्रो अस्पतालमा उपचार हुँदै