दार्चुला । नेपाली कांग्रेसका कृयाशिल सदस्य स्वर्गीय श्याम सिंह धामीको स्मृती तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ पनेबाजमा नेपाली कांग्रेसले आज (शुक्रबार) आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली कांग्रेस शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा सभापती राजेन्द्र सिंह धामीको सभापतीत्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामी रहनुभएको थियो ।
वि.स. २००४ सालमा शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ मा जन्मीनु भएका धामीको यहि कार्तिक १५ गते ७४ बर्षको उमेरमा निधन भएको थियो । लामो समय नेपाली कांग्रेसको क्रियाशिल सदस्य रहनु भएको स्वर्गीय धामीको सम्झनामा कांग्रेसले आज शोक तथा श्रद्धाञ्जी सभाको आयोजना गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा सभापती राजेन्द्र सिंह धामीले जानकारी दिनुभयो।
स्वर्गीय श्याम सिंह धामीले लामो समय सम्म नेपाली कांग्रेसमा आबद्ध रहि पार्टीको लागि ठूलो योगदान गर्नुभएको थियो । २०४६ सालको जनआन्दोलनमा समेत सकृयताका साथ होम्मिएका धामी यस क्षेत्रका सभ्या सालिन समाजसेवीका रुपमा चिनिनुहुन्थ्यो । समाजमा हरेकलाई मिलाएर अगाडि बढ्नु पर्छ भन्ने तर्फ धामी सधै अग्रसर रहनुहुन्थ्यो । समाजसेवी धामी लामो समय सम्म शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीका विद्यलाय ब्यबस्थापन समितीका अध्यक्ष समेत रहनुभएको थियो ।
सभामा बोल्दै नेपाल शिक्षक संघकाका जिल्ला सचीव भोज सिंह धामीले श्याम सिंह धामीको निधनले नेपाली कांग्रेसलाई अतुलनीय क्षती भएको बताउनुभयो । उहाँले भन्नुभयो श्याम सिंह धामीको निधनले यस क्षेत्रका बासिन्धाले अभिभावक गुमाएका छन, भने नेपाली कांग्रेसलाई ठुलो क्षती भएको छ, उहाँको सम्झनामा स्वर्गीय धामीको नामबाट श्याम सिंह धामी स्मृती प्रतिस्ठान खोलेर समाज सेवाको काममा लाग्नु पर्छ । प्रतिस्ठान खोल्नको लागी आफुले पुर्ण सहयोग गर्ने पनि उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले श्याम सिंह धामीले आफुलाई राजनैतीक क्षेत्रमा ल्याउन र जनाताको सेवा गर्ने अवसर प्रदान गर्न ठुलो सहयोग गरेको बताउनुभयो । त्यस्तै कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अमर सिंह धामीले श्याम सिंह धामी आफ्ना राजनीति गुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो उहाँको मृत्युले सिङ्गो नेपाली कांग्रेसलाई अतुलनीय क्षती भएको छ । कार्यक्रममा बोल्दै शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा सभापति राजेन्द्र सिंह धामीले भाबुक हुदै आफ्नो मुख्य अभिभावक गुमाएकाले आफुलाइ मात्र नभै सिंगो गाउँलाइै नै अतुलनीय क्षती भएको बताउनुभयो ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, नेपाली कांग्रेसका महासमिति सदस्य तथा जगत गुरुका प्रबक्ता बिक्रक सिंह धामी, महासमिति सदस्य मदन गीरी ,महासमिति सदस्य बिस्णु सिंह धामी, नेपाल शिक्षक संघका जिल्ला सचीव भोज सिंह धामी, नेपाली कांग्रेस वडा नम्बर ५ का वडा सभापति मदन सिंह रावल ,नेपाल विद्यार्थी संघका कार्यबाहक सभापति दिवाकर जोशी लगायत सयौको संख्यामा स्थानीयहरुको सहभागीता रहेको थियो ।





