दार्चुलामा जुनोटिक रोग नियन्त्रण कार्यक्रमहरु संचालन गरिने

दार्चुला । दार्चुलामा पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोग नियन्त्रण सम्बन्धी सम्बन्धी जनचेतना मुलुक कार्यक्रम संञ्चालन गरिने भएको छ । शुक्रबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा भएको छलफल गोष्ठीमा जुनोटिक रोग नियन्त्रण सम्बन्धि सरोकारवालाहरु संग छलफल गरिएको हो ।

कार्यक्रममा सहभागी जिल्लाका नौ वटै स्थानिय तहका पशु शाखा कार्यालयका प्रमुखहरुले जुनोटिक रोग नियन्त्रणका लागी जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जनाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख चन्द्रकान्त पन्तका अनुसार पशुबाट मानिसमा रेबिज, टिबि, मंकी फक्स, एन्थेरेक्स, टेपवर्म, साल्मोनिसिस, कोरोना, इन्फुलुइन्जा र बर्डफुलु जस्ता रोगहरु सर्ने बताएका छन । गाई भैसीको काचो दुध सेवन गरेमा टिबि रोगको संक्रमण हुने उहाँको भनाई छ । गाई भैसीबाट मानिसमा सर्ने टिबि रोगबाट बच्न दुध संधै उमालेर मात्रै सेवन गर्न पनि सबैमा आग्रह गरिएको छ ।

टेपवर्म रोग बंगुर, कुखुरा र बाख्राहरुबाट बढी सर्ने गरेको बताइएको छ । जुनोटिक रोग पशु संगको प्रत्येक्ष तथा अप्रत्येक्ष सम्पर्कबाट सर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख चन्द्रकान्त पन्तले बताउनु भयो कार्यक्रममा जिल्लाका नौ वटै स्थानिय तहका पशु सेवा शाखाका प्रमुख,कार्यालयका कर्मचारी लगायत संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.